प्रचण्डले ठाकुरसँग विश्वासको मत माग्दा मधेस सरकारबारे चर्चा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग विश्वासको मत मागेका छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार सिंहदरबारमा भएको छलफलमा जेठ ७ गते संसदमा विश्वासको मत लिन लागेको भन्दै ठाकुरसँग सहयोग मागेको महासचिव मनिष मिश्रले बताए ।
प्रधानमन्त्री प्रचण्डले अहिले देशको राजनीतिक कठिन अवस्थाबाट गुज्रिरहेकाले सबै मिलेर त्यसलाई समाधान गर्नुपर्ने आवश्यकता रहेको धारणा राख्दै आफूलाई विश्वासको मत दिन ठाकुरसँग आग्रह गरेका थिए ।
त्यसको जवाफमा अध्यक्ष ठाकुरले यस विषयमा पार्टीमा छलफल गरेर जवाफ दिने बताएको मिश्रको भनाइ छ । छलफलका क्रममा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ठाकुरबिच मधेश प्रदेश सरकारको विषयमा समेत चर्चा भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले मधेश प्रदेशमा लोसपाको नेतृत्वमा सरकार बनाउन आफू तयार रहेको तर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले त्यसमा ध्यान नदिएको धारणा गरेका थिए ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव स्वयंले उपचुनावसम्म मधेश प्रदेशको सरकार आफ्नो पार्टीको नेतृत्वमा रहन दिन आग्रह गरेको र चुनावपछि लोसपालाई दिने प्रतिवद्धता जनाएको उनको भनाइ थियो । तर, चुनाव सकिएपछि यादवले कुनै मतलब नै नराखेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
लोसपाका अध्यक्ष ठाकुरले पनि बाराको उपचुनावपछि मधेस सरकार हेरफेर हुने र नेतृत्वका लागि लोसपालाई सहयोग गर्ने प्रतिवद्धता अध्यक्ष यादवले आफूसँग पनि गरेको तर पछि प्रतिबद्धताअनुसार केही प्रगति हुन नसकेको धारणा राखेका थिए ।
प्रधानमन्त्री प्रचण्डले मधेस प्रदेश सरकारका लागि लोसपालाई सहयोग गर्न आफू अझै धारणा राखेका बालुवाटार स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा