वैद्य निकट विद्यार्थी सङ्गठनले जलायो गृहमन्त्रीको पुतला
बिहीबार, ०३ जेठ २०८१, २१ : ३०

काठमाडौँ । मोहन वैद्य निकट अखिल (क्रान्तिकारी) उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पुतला जलाएको छ । बिहीबार सो सङ्गठनले आफ्ना संयोजक मिलन राईलाई पक्राउ गरिएको विरोधमा देशभर गृहमन्त्रीको पुतला जलाएको उपाध्यक्ष वीरेन्द्र शाहले जानकारी दिए ।
केही दिनअघि प्रहरीले राईलाई राजधानीको बालाजु क्षेत्रबाट पक्राउ गरेको थियो भने उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । संयोजक राईको रिहाइ नभए आइतबार देशव्यापी शैक्षिक हडतालको गर्ने यसअघि नै घोषणा गरिएको शाहको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनएसएलको आउँदो सिजनका लागि सी-श्रेणी ड्राफ्ट खेलाडीहरूको घोषणा
-
ग्लोबल म्याथ डिबेट लिगमा चम्किए नेपालका युवा गणित बहसकर्ताहरू
-
कोशी प्रदेश आर्थिक मामिला मन्त्रालय कमजोर र निरीह भयो : आङ्बो
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
-
गोकर्णेश्वरमा महिलाको हत्या, नाबालकसहित ५ जना पक्राउ
-
तिलोत्तमा गोल्डकप चैत ९ गतेदेखि हुने