इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबिच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता
![इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबिच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता](https://npcdn.ratopati.com/media/news/whatsapp-image-2024-05-13-at-2.01.56-pm_ufGzrQDU0j.jpg)
काठमाडौँ । इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबिच इन्फोडेभलपर्सले उत्पादन गरेको बजेट ३६० सफ्टवेयर (अटोमेटेड बजेटिङ्ग सोलुसन) प्रयोगमा ल्याउने सम्झौता भएको छ । सम्झौतामा प्राइम कमर्सियल बैंकको तर्फबाट महाप्रबन्धक अमृत चरण श्रेष्ठ र इन्फोडभलपर्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण सुवेदीले हस्ताक्षर गरेका हुन् ।
बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गर्दै सरल, अनुकूल र गतिशील बजेटिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यका साथ इन्फोडेभलपर्सले ल्याएको बजेट ३६० सफ्टवेयरले बजेटिङ्ग गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य छ । यसका लागि बजेटको निर्माण, बाँडफाँड, अनुगमन तथा रिपोर्टहरू तयार गर्न सहज हुने इन्फोडेभलपर्सका सुवेदीले बताए ।
बैंक तथा वित्तीय संस्थाको बजेट निर्माण, तर्जुमा, कार्यान्वयन, अनुगमन र नियन्त्रण गर्न सहयोग पुर्याउने बजेट ३६० स्वचालित बजेटिङ्ग प्रणाली हो । जसको माध्यमबाट गत वर्षको तथ्याङ्कमा आधारित रहेर आगामी आर्थिक वर्षको लागि बजेट निर्माणको सबै प्रक्रिया गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर
-
अण्डा भन्दा बढी प्रोटिन पाइन्छ यी दुई शाकाहारी खानामा
-
क्यान टुक्र्याउने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापन, आकाश ठप्प पार्ने चेतावनी
-
शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु