हामी २००७ सालदेखि लडिरहेका छौँ, लडिरहन्छौँ : महत
बिहीबार, ०३ जेठ २०८१, १९ : ०७

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले कांग्रेसले २००७ सालदेखि लडिरहेको बताउँदै आफ्नो मुद्दामा लडिरहने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा उनले भोलिका दिन सरकार कसरी प्रस्तुत हुन्छ त्यसरी नै कांग्रेस प्रस्तुत हुने बताए ।
उनले भने,‘हिजो हामी लोकतन्त्रको पक्षमा कोही नउभिँदा एक्लै त उभियौँ, २००७ सालदेखि लोकतन्त्रको पक्षमा कांग्रेस लडिरहेको छ, कानुनी शासनका लागि लडिरहेको छ भने भोलि पनि लड्छौँ ।’
उनले सभामुख पार्टीको निर्देशनमा चलेको आरोप समेत लगाएका छन् । सांसद महतले कांग्रेस सबैभन्दा शान्तिप्रिय पार्टी, संसदीय मर्यादामा रहने पार्टी भएकोले संसदमा आफ्नो दलबाट कसैप्रति आक्रामक व्यवहार नगरिएको बताए । महतले समग्र सहकारीको विषयका साथै रवि लामिछानेमाथि पनि छानबिन हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता