प्रतिनिधि सभा बैठक
एमाले अध्यक्ष ओलीप्रति धनराज गुरुङ आक्रामक
बिहीबार, ०३ जेठ २०८१, १८ : २८

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीमाथि कांग्रेस सांसद धनराज गुरुङ आक्रामक रूपमा प्रस्तुत भएका छन् । बिहीबार साँझ ६ बजे बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि एमाले र कांग्रेस सांसदबिच धकेलाधेकल भएको थियो ।
सो क्रममा एमाले अध्यक्ष ओली र कांग्रेस उपसभापति गुरुङ आमने सामने भएका थिए । धकेलाधकेलका क्रममा गुरुङ अध्यक्ष ओलीमाथि जाइलागेका थिए ।
एमाले सांसदहरू महेश बर्तौला, ठाकुर गैह्रे लगायतले गुरुङलाई छेकेका थिए । संसदमा तनावको अवस्था आएपछि सभामुख देवराज घिमिरेले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमलाबारेमा राहुलले प्रधानमन्त्री मोदीलाई लेखे पत्र, विशेष अधिवेशन बोलाउन माग
-
गगन थापाविरुद्धको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सकियो
-
आईपीएलमा शतक बनाउने चार र अन्तिम समयमा अभागी बनेका यी पाँच ब्याट्सम्यान
-
क्यानडाको लिबरल पार्टीले जित्यो चुनाव
-
‘बायोकम नेपाल’ले भन्यो– उद्योग बन्द भएको छैन
-
व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग