संसद् बैठक
प्रतिनिधिसभा बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित
बिहीबार, ०३ जेठ २०८१, १८ : १२
_uZuamTPNdo.jpg)
काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रबार ११ बजेसम्मका स्थगित भएको छ । बिहीबार साँझ ६ बजे बसेको बैठकको सुरुमै कांग्रेसले नाराबाजी र अवरोध गरेपछि बैठक स्थगित भएको हो ।
सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदबिच धकेलाधकेल समेत भएको थियो ।
कांग्रेस सांसदहरूले नाराबाजी गर्दै संसद्को ‘बेल’ घेराउका बिच घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र समेत वाचन गरेका थिए । सभामुखको आसन घेराउ गरेका कांग्रेस सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयले पठाएको खाद्य स्वच्छता तथा गुणस्तर कायम सम्बन्धी विधेयक प्रमाणीकरण गरेको पत्र वाचन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?