बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
प्रतिनिधि सभा बैठक

प्रतिनिधि सभा बैठकको सुरुवातमै कांग्रेसको नाराबाजी र अवरोध

बिहीबार, ०३ जेठ २०८१, १८ : ००
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नाराबाजी गर्दै अवरोध गरेको छ । साँझ ६ बजे सभामुखले बैठक सुरु भएको घोषणा गर्नासाथ कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

संसद् बैठक सहज ढंगले सञ्चालन गर्नका लागि बिहान ११ बजेको बैठक पछि सारेर सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए भने सत्तापक्ष दल र प्रतिपक्ष दलका बिचमा संवाद भएको थियो । 

तर संसदीय छानबिन समिति बनाउने, गृहमन्त्रीलाई संसदमा बोल्न दिने विषयमा सहमति जुट्न सकेन । गृहमन्त्री लामिछानेले आफूविरुद्ध संसदमा विपक्षी दलले प्रश्न उठाएपछि आफूले बोल्न पाउनुपर्ने माग गर्दै आएका छन् भने कांग्रेसले लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ । 

प्रतिपक्षी दल कांग्रेसले जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्न दिएपनि उनलाई धन्यवादको प्रस्ताव पारित गर्न समेत संसद् अवरुद्ध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप