पूर्वप्रधानसेनापति थापाको निधन
बिहीबार, ०३ जेठ २०८१, १७ : ५०

काठमाडौँ । पूर्वप्रधानसेनापति धर्मपाल वरसिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उनको बिहीबार ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ ।
उनको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति थिए । उनको कार्यकालमा नेपाली सेनाको सङ्गठन सुधारका कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन भएको थियो । उनको तीन छोरा र एक छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमतका कोषाध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी
-
बाढीसम्बन्धी पूर्व सूचना दिन तालगाउँमा साइरन जडान
-
नेविसंघद्वारा शिक्षाका समसामयिक विषयमा धारणा सार्वजनिक
-
स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा गृहमन्त्रीकाे जोड
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट निरन्तर हेर्न नभ्याइने
-
धवलशमशेरको बयान, ‘राज्यविरुद्धको अपराध गरेको छैन’