बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

बेलायत कन्सर्टबाट आश्रमलाई डेढ करोड सङ्कलन

बिहीबार, ०३ जेठ २०८१, १७ : ३८
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । बेलायतमा भएको कन्सर्ट र विभिन्न कार्यक्रमबाट मानव सेवा आश्रमको सहयोगार्थ १ करोड ५० लाख रुपैयाँ सङ्कलन भएको छ ।

बेलायतको क्याम्वर्लीस्थित कन्ट्री क्लबको हलमा हालै आयोजित  ‘इनर मेलोडी फर इनर पिस’ लाइभ कन्सर्ट र त्यसलगत्तै विभिन्न स्थानमा आयोजना भएको ‘मिट एन्ड ग्रिट’ कार्यक्रमबाट रकम सङ्कलन भएको आश्रमले बिहीबार जनाएको छ ।

कन्सर्टमा भाग लिएर गायिका आनी छोइङ डोल्मा बेलायतबाट नेपाल फर्किएकी छिन् ।

आश्रमका अनुसार,  मानव सेवा आश्रमको सहयोगार्थ गरिएको बेलायत साङ्गीतिक कार्यक्रममा ५२ लाख रुपैयाँ बराबरको टिकट बिक्रीबापत र स्पोन्सरबाट २० लाख लगायत ८ लाख ४१ हजार रुपैयाँ र आनी छोइङ डोल्माको अटोबायोग्राफी पुस्तक फूलको आँखामा बिक्रीबाट रकम सङ्कलन भएको हो ।  यसका साथै ५ आश्रमको विभिन्न जिल्लामा निर्माण भइरहेको भवन निर्माणको लागि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ र ३२ जनाले आजीवन वार्षिक भोजन सेवा सदस्यता ग्रहण गरी मानव सेवा आश्रमको अक्षयकोष श्रीवृद्धिका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन् ।

मासिक ८ हजार रुपैयाँ योगदान गर्नेगरी १७ जना बालबालिकाहरूको र मासिक ५ हजार योगदान गर्नेगरी ५ आमाबुबाको मासिक खर्च योगदान गरी २२ जनाले बेसहाराको अभिभावकत्व ग्रहण गरेको पनि आश्रमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप