कांग्रेसले बोलायो पत्रकार सम्मेलन
बिहीबार, ०३ जेठ २०८१, १७ : ३७

काठमाडौँ । नेपाली कांग्रेसले पत्रकार सम्मेलन बोलाएको छ । पत्रकार सम्मेलनमा पार्टीको तर्फबाट महामन्त्री गगन थापाले धारणा राख्न लागेका हुन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकपछि महामन्त्री थापाले प्रतिनिधिसभा बैठकबारे पत्रकार सम्मेलन गर्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको अडान र गरिबन्धु चिया बगानबारेबारे प्रस्ट पार्ने बुझिएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद् अवरोध गरिरहेको छ ।
गिरिबन्धु चिया बगानबारे कांग्रेसले प्रश्न उठाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार ल्होत्से हलबाटै प्रतिवाद गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि फेवा महोत्सव, होटलमा पाहुनालाई २० प्रतिशतसम्म छुट
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी