सरकार अप्ठ्यारोमा छैन : मन्त्री बस्नेत
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकार अप्ठ्यारोमा नभएको दाबी गरेका छन् । संसद्मा जारी अवरोध हटाउने विषयमा सत्तापक्ष र विपक्षबिच सहमति हुन नसकेका बेला मन्त्री बस्नेतले सरकार अप्ठ्यारोमा नपरेको दाबी गरेका हुन् । सरकारको महत्त्वपूर्ण दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार छाड्नेसम्मको विकल्प अगाडि सारेको छ ।
सोही कारण गठबन्धनबाट रास्वपा हट्न लागेको हो कि भन्ने आशङ्काबिच मन्त्री बस्नेतले सरकार सुरक्षित रहेको बताएका हुन् । बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा रविलाई बोल्न दिन कांग्रेस तयार हुने र त्यसपछि संसदीय छानबिन समिति गठन गर्ने मन्त्रीहरूलाई ब्रिफिङ गरेका थिए । बैठकमा गृहमन्त्री रविले गठबन्धनबाट बाहिरिने विषयमा कुनै कुरा नगरेको उनले बताए ।
‘अहिले सरकार गम्भीर अवस्थामा छैन । गठबन्धन दलहरूबिच पनि कुनै समस्या देखिएको छैन । मन्त्रिपरिषद् बैठकमा गठबन्धन छाड्नेबारे उहाँले केही भन्नुभएको छ’, रातोपाटीसँग मन्त्री बस्नेतले भने, ‘संसद्को गतिरोध हटाउन कांग्रेस सकारात्मक देखिएको थियो । अहिले फेरि अवरोध जारी राख्ने भनेको सुनेको छु । त्यो उहाँको विषय हो ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी आरोपमा मुछिएका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति बनाउनुपर्ने माग राख्दै निरन्तर संसद् अवरोध गर्दै आएको छ । संसद्को अवरोध हटाउनका लागि मार्ग प्रशस्त गर्ने सम्बन्धमा चार विकल्प अगाडि सारेको थियो । प्रधानमन्त्री प्रचण्डले समग्र सहकारी समस्या समाधानका लागि संसदीय समिति गठन गरेर जान सत्ता पक्ष र प्रतिपक्ष दलहरूसँग प्रस्ताव गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास