जापानी बहुराष्ट्रिय कम्पनी तोशिबाले ४ हजार कर्मचारीलाई कामबाट निकाल्दै
बिहीबार, ०३ जेठ २०८१, १७ : २९
टोकियो । जापानी बहुराष्ट्रिय इलेक्ट्रोनिक्स कम्पनी तोशिबाले हजारौँ कर्मचारीलाई कामबाट निकाल्दैछ । नयाँ नेतृत्वअन्तर्गत कम्पनीमा व्यापक रुपमा पुनः संरचनाको काम भइरहँदा तोसिबाले घरेलु स्तरमा ४ हजार जागिर कटौती गर्न लागेको हो ।
निजी इक्विटी कम्पनी जापान इन्डष्ट्रियल पार्टनर्सको नेतृत्वको कन्सोर्टियमले १३ अर्ब डलरमा किन्ने भएपछि डिसेम्बरमा तोशिबालाई शेयर बजारबाट हटाइएको थियो । कम्पनीले कार्यालयका कामहरू पनि मध्य टोकियोबाट कावासाकीमा सार्दैछ । कम्पनीको तीन वर्षमा सञ्चालन मुनाफा मार्जिन १० प्रतिशतमा पुर्याउने लक्ष्य लिइएको छ ।
हालैका महिनामा जापानी कम्पनीहरूले धमाधम रोजगारी कटौती गरिरहेका छन् । यसमा फोटोकपी निर्माता कम्पनी कोनिका मिनोल्ता, कस्मेटिक कम्पनी शिसेइलो र इलेक्ट्रोनिक्स कम्पनी ओम्रोन पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच आज द्विपक्षीय भेटवार्ता
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
मौद्रिक नीतिको समीक्षा हुँदै, के-के होला परिवर्तन ?
-
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’
-
कपालमा अन्डा लगाउँदा के हुन्छ ?
-
पोखराको बाँझो जग्गामा कागतीखेती