प्रधानमन्त्री ओलीविरुद्ध वैद्यको रेड मार्च ! (फोटोफिचर)

काठमाडौ– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद भारतसँग गरिएको सम्झौतासँगै सकिएको दाबी गरेका छन् ।
शुक्रबार काठमााडैंको इन्द्रचोकमा युवा जागरण तथा मार्चपास अभियानको समापन समारोहमा बोल्दै उनले केही हप्ताअघि भएको प्रधानमन्त्री ओलीको भारत भ्रमण र त्यहाँ भएको सम्झौताले उनको नक्कली राष्ट्रवाद उदाङ्गिएको बताए ।
नेता वैद्यले प्रधानमन्त्री ओलीले समृद्धिका कुरा गरेर जनतालाई भ्रममा पारेको आरोप समेत लगाए ।
उनले प्रश्न गरे, ‘प्रधानमन्त्री ओली समृद्धिका कुरा गर्छन् तर सीमा मिचिँदा किन बोल्दैन ? ओली नेतृत्वको सरकारलाई अहिले राष्ट्रवादी भनिए पनि त्यसले दलाल पूँजीवाद र सामन्तवादको रक्षाकवचको काम गरिरहेको समेत उनले आरोप लगाए ।
महासचिव वैद्यले यो सरकारले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको रक्षा गर्न नसक्ने समेत उनले ठोकुवा गरे ।
महासचिव वैद्यले अर्को एक प्रसंगमा झापा आन्दोलन र जनयुद्धको नेतृत्व गरेको जस एमाले र माओवादीले लिन नमिल्ने समेत बताए । उनले ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति संकेत गर्दै ती आन्दोलनको नेतृत्व गरेको नाममा कम्युनिष्ट आन्दोलनलाई संसदमा लगेर टुंग्याएको आरोप समेत लगाए ।
उनले भने, झापा आन्दोलन र जनयुद्ध एमाले र माओवादीले गरेको होइन, यो हामीले गरेको हो ।
कार्यक्रममा सो पार्टीका नेता सीपी गजुरेलले सरकारलाई फाँसीवादीको संज्ञा दिए । पार्टी निकट क्रान्तिकारी युवा लिग नेपाल, ३ नम्बर प्रदेशको आयोजनामा सम्पन्न सो अभियान टुँडिखेलबाट सुरु भएर न्यूरोड, बसन्तपुर हुँदै इन्चोकमा पुगी सभामा परिणत भएको थियो ।
तस्विर : कृष्ण खड्का
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’