सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
अपराध

कतारबाट अर्काले पठाएको ७० ग्राम सुन र आइफोन पचाउन अपहरणको नाटक

बिहीबार, ०३ जेठ २०८१, १७ : ०६
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । कतार विमानस्थलबाट अर्काले पठाएको ७० ग्राम सुन र आइफोन पचाउन एक जनाले अपहरणको नाटक गरेका छन् । अपहरणको नाटक गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले इलामको लक्ष्मीपुर–८ घर भएका ३९ वर्षीय सूर्यबहादुर समाल मगरलाई पक्राउ गरेको छ ।

बुधवार गोदावरीस्थित सेन्ट जेभियर्स स्कुल नजिकै हातखुट्टा बाँधेको अवस्थामा फेला परेका मगरले अपहरणको नाटक गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । बिहान पौने ५ बजेतिर बाहिरी कपडा नभएको र हातखुट्टा बाँधेको अवस्थामा उनलाई देखेर स्थानीयले खबर गरेपछि प्रहरीले घटनाबारे अनुसन्धान गरेको हो ।

जेठ १ मा बिहान कतारबाट सुन र आइफोन लिएर आएका मगर त्यसैदिन दिउँसो झापाको भद्रपुर गए । त्यहाँ सुन र मोबाइल लुकाएर काठमाडौँ फर्केपछि उनले अपहरणको नाटक गरेका हुन् । उद्धार गरेपछि प्रहरीसँग उनले भने– ‘गर्मी भएपछि ट्याक्सी चालकले मलाई दिएको रुमालले पुछ्दा बेहोस भएँ त्यसपछिका घटना याद छैन ।’

मगरले सुन लिएर आएको सुराक पाएपछि त्यसबारे अनुसन्धान गर्दा उनले अपहरणको नाटक गरेको खुलेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । उनी आठ महिना कतार बसेर नेपाल फर्केका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप