संसद् बैठक
अन्योलमा संसद् बैठक : बानेश्वरमा विभिन्न पक्षबिच छलफल जारी
बिहीबार, ०३ जेठ २०८१, १६ : ५४

काठमाडौँ । प्रतिनिधिसभा बैठक सहज रूपमा अघि बढाउन विभिन्न पक्षहरूबिच छलफल जारी रहेको छ । विभिन्न दलका नेताहरूबिच, सभामुख र दलका प्रमुख सचेतकहरूबिच सहमति जुटाउन छलफल जारी रहेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बैठकमा कांग्रेसले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेका कारण सहमति निस्कन नसकेको जनाइएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको समय दिउँसो ४ बजेका लागि सारिएको थियो । चार बजेसम्म पनि दलहरूका बीचमा सहमति नभएपछि बैठक बस्ने समय अन्योल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षक अगुवाहरूसँग कांग्रेस महामन्त्रीद्वयको छलफल
-
‘सांसदहरूले कमिसनमा आफ्नो योजना बेचेका छन् भन्ने सुनेको छु’
-
‘सरकारले आफ्नो गल्ती ढाकाछोप गर्न सांसदमाथि आरोप लगाएको छ’
-
ब्याट्सम्यानलाई साथ दिने पिचमा कोलकाता र पञ्जाबलाई सर्वाधिक रन बनाउने कप्तानको भर
-
रोजगारीका सवालमा राज्यले महिलालाई पहिलो प्राथमिकता दिनुपर्छ : हसिना खान
-
बीमामा रुपा गाउँपालिकाको ५० प्रतिशत अनुदान