कुपण्डोलको सगरमाथा सहकारीमा आगलागी
बिहीबार, ०३ जेठ २०८१, १६ : १२

काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा सहकारीमा आगलागी भएको छ ।
बिहीबार बिहान ललितपुर महानगरपालिका–१० स्थित कानदेवतास्थानमा रहेको सहकारीको कार्यालयमा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
कान्तिपुर सेभिङको स्वामित्वमा रहेको भवनको छैटौँ तलामा लागेको आगो ३ वटा दमकल प्रयोग गरेर नियन्त्रणमा लिइएको एसपी सुवेदीले जानकारी दिए ।
छैटौँ तलामा हाम्रो सगरमाथामाको कार्यालय सञ्चालित छ । आइतबारदेखि सो क्षेत्रमा बिजुलीको लाइन नभएपछि इन्भर्टर प्रयोग गरेर कार्यालय सञ्चालन गरेको बताइएको छ ।
आगलागीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाममा आतंकवादी हमला : राष्ट्रपति पौडेलद्वारा गहिरो दुःख व्यक्त
-
पहलगाममा आतंकवादी आक्रमण : साउदीको भ्रमण छोट्याएर भारत फर्किए मोदी
-
भारत प्रस्थान गर्नुअघि धवलले भने–मनपरितन्त्रको विरुद्धमा हुने आन्दोलन कुनै हालतमा रोकिँदैन
-
सामुदायिक स्कुलका विद्यार्थी घरमै छन्, निजीका पढ्न जान थाले
-
केयूमा पहिलोपटक खेलकुद महोत्सव, देशैभरका क्याम्पसबाट पाँच हजार विद्यार्थी सहभागी
-
पूर्वप्रहरी महानिरीक्षक थापाको निधन