७ करोड नगद बोकेको गाडी सडकमा पल्टिएपछि...

आन्ध्र प्रदेश । भारतको आन्ध्र प्रदेशमा शनिबार फेरि ठुलो परिमाणमा नगद जफत भएको छ । राज्यको पूर्वी गोदावरी जिल्लामा टाटा एसमा कार्डबोर्डमा लुकाएर लैजाँदै गरिएको अवस्थामा ७ करोड भारु फेला परेको हो ।
राज्यको नल्लाजर्ला मन्डलको अनन्तपल्लीमा एक लरीसँग ठोक्किएपछि टाटा एस पल्टियो । गाडी पल्टिँदा सडकभरि पैसा छरियो ।
गाडीमा बोराहरू थिए । बोराहरूको बिचमा कार्टुन भरि–भरि पैसा थिए । घटनास्थलबाट प्रहरीले पुग्दा ७ करोड नगद भेटेको बताइएको छ । पल्टिएको टाटा एस विजयवाडाबाट विशाखापट्टनतिर गइरहेको थियो । यस घटनामा टाटा एसका चालकलाई चोट लागेको बताइएको छ । अस्पतालमा उनको उपचार भइरहेको छ ।
यसअघि शुक्रबार आन्ध्र प्रदेशको एनटीआर जिल्लामा प्रहरीले खनतललासीको क्रममा पाइप भरिएको ट्रकमा ८ करोड नगद भेटिएको थियो । प्रहरीले ट्रक र पैसा सहित ट्रकमा सवार दुई जनालाई पनि समातेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म