गायिका टेलर स्विफ्टको ‘एराज टुर’ले बेलायती अर्थतन्त्र १ अर्ब २० करोड डलरले बढ्ने
![गायिका टेलर स्विफ्टको ‘एराज टुर’ले बेलायती अर्थतन्त्र १ अर्ब २० करोड डलरले बढ्ने](https://npcdn.ratopati.com/media/news/107382698-1709666928691-gettyimages-2052929374-aka00064_uxg9dbny_20240302075406_hma52q1y_Z3cEKBBcuw.webp)
लन्डन । अमेरिकी गायिका टेलर स्विफ्टको ‘एराज टुर’ले बेलायतको अर्थतन्त्रमा १ अर्ब डलरभन्दा बढीको योगदान दिने अपेक्षा गरिएको छ । बार्कलेज बैंकको अनुमानले यस्तो देखाएको हो ।
बैंक गरेको ‘स्वीफ्टनोमिक्स’ अध्ययनका अनुसार स्विफ्टको टुरमा बेलायतमा करिब १२ लाख फ्यानहरूमध्ये हरेकले औसतमा ८४८ पाउन्ड खर्च गर्नेछन् ।
यो रकम टुरमा गायिकाको प्रदर्शन हेर्नका लागि टिकट, यात्रा, बसोबासलगायतमा खर्च हुने बताइएको छ । बेलायतमा स्विफ्टले १५ भन्दा धेरै ओटा कन्सर्ट गर्दैछिन् । यसको अर्थ उनको टुरले बेलायती अर्थतन्त्रमा १ अर्ब ३० करोड डलर (करिब १ अर्ब पाउन्ड)को योगदान दिनेछ । यो रकम बेलायतीहरूले हरेक रात घरबाहिर बिताउँदा गर्ने औसत खर्चभन्दा १२ गुणा बढी भएको बार्कलेजले बताएको छ ।
टेलर स्विफ्टको कन्सर्टले अर्थतन्त्रमा यति ठुलो योगदान दिने अपेक्षा गरिएको यो पहिलो पटक होइन । यो वर्षको सुरुमा जापानमा भएको उनको कन्सर्टले अर्थतन्त्रमा २२ करोड ८० लाख डलरको योगदान दिने अनुमान गरिएको थियो । ६ महिनासम्म चलेको स्विफ्टको कन्सर्टले गएको वर्ष अमेरिकी अर्थतन्त्रलाई ४ अर्ब ६० करोड डलरले बढाएको तथ्याङ्क बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तकमैया र कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्छ : मन्त्री राणा
-
देशको राजनीतिले असल पार्टी खोजेको छ : अध्यक्ष नेपाल
-
दार्चुलामा भारत सरकारको सहयोगमा निर्मित जिल्लामा स्वास्थ्य चौकी भवन उद्घाटन
-
आपमाथि मोदीको कटाक्ष : परिवर्तन गर्नेछु भनेर आएकाहरू बेइमान निस्किए
-
अध्यादेशमा जसपा नेपालको आपत्ति कहाँ ?
-
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता