शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

विराजको फिल्ममा ‘इकु’

बिहीबार, ०३ जेठ २०८१, १४ : ४३
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । ‘इकु’को रुपमा चर्चित हास्यकलाकार सुलेमान शंकर फिल्म ‘१२ गाउँ’मा भित्रिएका छन् । विराज भट्टको निर्माण, निर्देशन रहने फिल्ममा उनी कमेडी भूमिकाको लागि भित्रिएका हुन् ।

विराजले सामाजिक सञ्जालमा सुलेमानसँगको एक तस्बिर पोष्ट गर्दै लेखेका छन्, ‘सुलेमान शंकर ‘इकु’लाई १२ गाउँ फिल्ममा अब दर्शकले हेर्न पाउनेछन् । उहाँलाई हामीले एउटा महत्त्वपूर्ण पात्रको लागि फिल्ममा अनुबन्धित गरेका छौ ।’

पछिल्लो समय म्युजिक भिडियो र टेलिसिरयलमा देखिँदै आएका सुलेमानले ‘इकु’, ‘इकु २’लगायत केही फिल्म समेत निर्माण गरेका छन् । उनी पछिल्लो समय ‘इकु’को तेस्रो सिक्वेल निर्माणको तयारी गर्दैछन् । अहिले पटकथा लेखन कार्य भइरहेको यो फिल्मको निर्माण नेपाली, भोजपुरी र हिन्दी भाषामा गर्ने उनको योजना छ । 

‘१२ गाउँ’मा विराजको छोरा समीर, पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराई मुख्य भूमिकाको लागि छानिएका छन् । 

एक्सन–थ्रीलर विषयमा बन्न लागेको फिल्मको छायांकन नेपाल र भारतमा हुने बताइन्छ । भट्टले केही वर्ष अगाडि ‘साङ्लो’ फिल्मबाट निर्देशकमा डेब्यु गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप