जसपा गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेश न्यायोचित छः अध्यक्ष राई

काठमाडौँ । नवगठित जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले आफ्नो पार्टीको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश न्यायोचित भएको बताएका छन् ।
बिहीवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष राईले यस्तो प्रतिक्रिया दिएका हुन् ।
केही दिन अघि राईले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल फुटाएर जनता समाजवादी पार्टी गठन गरेका थिए । राई नेतृत्वको जसपालाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएपछि यादवले पार्टी गठन अवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले हाललाई जसपा गठनको सम्बन्धका काम, कारबाहीलाई यथावत राख्न बुधबार आदेश दिएको थियो । उनले निवेदकले माग गरे अनुरुपको आदेश सर्वोच्च अदालतले नगरेको भन्दै आफूहरुको पार्टी अवैधानिक रहेको भन्ने स्थिति नरहेको बताए ।
यसैबिच अध्यक्षले सर्वोच्च अदालतले गरेको अल्पकालीन अन्तरिम आदेशको बारेमा भ्रम फैलाउने काम भइरहेको बताएका छन् ।
राईले विज्ञप्ति जारी गरी अदालतबाट भएको अल्पकालीन आदेशको विषयको गाम्भीर्यता नबुझी सो मुद्दाका सम्बन्धमा अनर्गल प्रचारबाजी गर्नु असान्दर्भिक रहेको टिप्पणी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेवारपानी : सम्झना बिर्सनाका तरेली– २
-
चीनले वितरण गरेको साइकल जलाइयो
-
रास्वपाको राजनीतिक प्रशिक्षण : ६ मुख्य शीर्षकका ५६ वटा विषय समावेश
-
नकारात्मकताको जरो नै केपी ओली : उपाध्यक्ष खतिवडा
-
७५३ वटै पालिकामा स्थानीय युवा परिषद् गठन गर्न माग
-
अस्ट्रेलिया र इंग्ल्यान्डबिचको खेलमा भारतीय राष्ट्रिय गान बजेपछि...