मुम्बई होर्डिङ घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो, ७५ जना घाइते
मुम्बई । मुम्बईको घाटकोपर क्षेत्रमा सोमबार साँझको आँधीबेहरी र बेमौसमी वर्षाका कारण एउटा पेट्रोल पम्पमा राखिएको १२० फिट लामो होर्डिङ बोर्ड खसेको थियो ।
बोर्ड खसेर थिच्दा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । घाइतेको संख्या ७५ जना भएको बताइएको छ । घटना भएको ६३ घन्टापछि उद्धार कार्य बन्द गरिएको छ । एनडीआरएफको दुई टोली उद्धार कार्यमा खटिएको थियो ।
बुधबार अबेर रात थप २ जनाको शब निकालिएको थियो । योसँगै मृतकको संख्या १६ पुगेको हो । सो होर्डिङ बोर्ड एशियाकै सबैभन्दा ठूलो भएको बताइएको छ ।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । राज्य सरकारले घाइते र मृतकका परिवारलाई आर्थिक सहायता दिने घोषणा गरेको छ । घटनाका दोषी मेसर्स इगो मिडिया प्रा. लि. का मालिक भावेश भिण्डे र अन्य केही विरुद्ध कतव्र्यसम्बन्धी मुद्दा दायर गरिएको छ । घटनापछि भिन्डे फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात