शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

सी र पुटिनको भेटवार्तामा के–के कुराकानी भयो ?

बिहीबार, ०३ जेठ २०८१, १३ : ४४
बिहीबार, ०३ जेठ २०८१

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यतिबेला चीनको भ्रमणमा छन् । राष्ट्रपतिको रूपमा पाँचौँ पटक कार्यभार सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

पुटिनलाई माइक दिँदै गर्दा सीले दुई देशबिच ब्यापार बढेको बताएका थिए । चीनसँगको व्यापारमा युआन र रुबलको प्रयोग ९० प्रतिशतले बढेको पुटिनको भनाई थियो ।

दुई देशबिच शान्तिपूर्ण आणविक सहकार्य गहिरो हुँदै गएको बताइएको छ । संयुक्त पत्रकार सम्मेलनमा पुटिनले रुसको बजारमा चिनियाँ कार निर्मातालाई स्वागत गरे ।

पश्चिमी देशहरूले रुसमा प्रतिबन्ध लगाएयता चीन रुसको लागि कार, लत्ताकपडा र अन्य सामानको मुख्य आपूर्तिकर्ता बनेको छ । रुस चीनका लागि शीर्ष कार निर्यात गर्ने बजार बनेको छ ।

संयुक्त पत्रकार सम्मेलनमा सीले इजरायल–गाजा युद्धको विषयमाथि टिप्पणी गरेका थिए । गाजामा तत्कालै समस्या समाधान गर्नु पर्नेमा सी र पुटिन दुवै सहमत थिए ।

विश्वव्यापी र क्षेत्रीय समस्यामा रुस र चीन दुवैको उस्तै दृष्टिकोण भएको पुटिनको भनाई छ ।  युक्रेनी मामिलामा आफूले सीसँग कुरा गरेको पुटिनले बताएका छन् ।

एसियामा निकट सहकार्यका लागि ठाउँ नभएको उनले बताए । युक्रेनी मुद्दालाई उठाएकोमा उनले चीनलाई धन्यवाद  पनि दिएका थिए ।

युक्रेनी सङ्कट राजनीतिक रूपमा सल्टाउन दुवै पक्षको चाहना रहेको उनको भनाई थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप