सुदूरमा नाउपा : आधा सत्तापक्ष र आधा प्रतिपक्षको बेन्चमा

धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरू दोहोरो भूमिकामा देखिएका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मतको प्रायोजनको लागि आज बोलाइएको बैठकमा नाउपाको प्रदेश सभा सदस्यहरू सत्ता र प्रतिपक्षको दुवै बेञ्चमा देखिएका हुन् ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका मन्त्रीद्वय कैलाश चौधरी र टीका थापा सत्ता पक्षको बेञ्चमा देखिए । उता नाउपा संरक्षक रेशमलाल चौधरी पक्ष प्रदेश सभा सदस्यहरू घनश्याम चौधरी, खुसीराम चौधरी, लक्ष्मणकिशोर चौधरी, रामेश्वर चौधरी र इन्दिरा गिरी प्रतिपक्षको बेञ्चमा देखिए ।
प्रतिपक्षको बेञ्चमा रहेका नाउपा र काँग्रेसका प्रदेश सभा सदस्यहरू मुख्यमन्त्री सोडारीको नियुक्ति, प्रदेश प्रमुख नजिर मियाँ र सभामुख भीमबहादुर भण्डारीको कदम असंवैधानिक रहेको भन्दै नाराबाजी गर्दै रोष्टम समेत घेराउ गरेका थिए । विरोधपछि बैठक स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’
-
फेरि एकपटक रश्मिका मन्दना र विजयको प्रेमको चर्चा
-
मानसिक स्वास्थ्य सुधार गर्न अपनाउनुपर्ने ५ बानी
-
पूर्व क्रिकेटरको धोनीमाथि कडा टिप्पणी- उनले दुई सिजन अगाडि नै सन्यास लिनुपर्थ्यो
-
आँटेको पुर्याइदेउ बागलुङ कालिका...
-
ट्रम्पको ‘ट्यारिफ’ घोषणाले विश्व शेयर बजार चौपट, सांघाई र हङकङमा कारोबार ढिला सुरु हुने