‘सकस’मा जम्दै राजु र अन्जुको जोडी
![‘सकस’मा जम्दै राजु र अन्जुको जोडी](https://npcdn.ratopati.com/media/news/c70837fb-63e1-494c-9cab-08eaee7fae74_I2deMvUQw7.jpg)
काठमाडौँ । सिरियल अभिनयबाट बेलाबेलामा कलाकारको जोडी चर्चामा आउने गर्छन् । यो भिडमा कलाकार राजु पौडेल (राजु मास्टर) र अन्जु निरौलाको जोडी पनि अगाडि आएको छ ।
राजु र अन्जु केही समययता सिरियल ‘सकस’मा जोडीको रूपमा देखिँदै आएका छन् । जसको चर्चा परिचर्चा हुन थालेको छ । हालसम्म २६ भाग प्रसारमा आइसकेको सिरियलमा राजु र अञ्जुले केही भाग अगाडिबाट मात्र सहकार्य थालेका थिए । यी दुवै अहिले सिरियलमा प्रेमीप्रेमीकाको रूपमा देखिँदै आएका छन् ।
राजु सिरियलमा ‘चन्द्रे’ नामक चरित्रमा छन् भने अन्जु ‘मुना’को भुमिकामा छिन् । सिरियलमा अहिले ‘चन्द्रे’ र ‘मुना’को रोमाञ्चित प्रेमकथा चलिरहेको छ ।
जसको कारणले सिरियलले चर्चा र भ्युज पनि पाउन थालेको छ । राजु सिरियलका निर्देशक पनि हुन् । अन्जु म्युजिक भिडियो मोडलका रूपमा चर्चित छन् ।
‘चन्द्रे’ र ‘मुना’को जोडी देखाउन थालेपछि सिरियलको चर्चा र भ्युज दुवै बढेको कलाकार तथा निर्देशक राजुले बताए । ‘सिरियलमा कस्तो होला त हेरौँन भनेर हामीले ‘चन्द्रे’ र ‘मुना’को प्रेमकथा पस्किएका थियौँ’, पौडेलले भने ‘दर्शकले धेरै रुचाउनु भयो ।’ ‘सकस’मा यस अगाडि सिरियलमा प्राथमिकता पाएको भन्दा भिन्न प्रेमकथा देखाइएको कारण पनि दर्शकको रुचिमा परेको हुन सक्ने राजुको भनाइ छ ।
धेरैको चासो र प्रश्नले अबको दिनमा सिरियलमा झन् मिहिनेत गर्नुपर्ने आफूले महसुस गरेका राजुले सुनाए ।
सामाजिक कथावस्तुमा निर्माण हुँदै आएको सिरियलमा राजु र अन्जुको अलवा लक्ष्मीनाथ तिमिल्सिना, तारा के.सी, दीपक शर्मा, कमला रेग्मी, विनोद श्रेष्ठ, अनिता बस्नेत, प्रमिला खनाल, मुकेश हमाल, अमृता श्रेष्ठ, अशोक शिवाकोटी, सबिना आचार्यलगायतको अभिनय रहँदै आएको छ ।
हिमालय टेलिभिजन र ‘मास्टर टिभी’ युट्युबबाट सिरियल एकसाथ प्रसारण हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजार परिसूचक र कारोबार दुवै घट्यो, हाइलाइटमा यी पाँच कम्पनी
-
पाथीभरा केबलकार विवाद : सहमति नभएपछि पुनः आन्दोलनको घोषणा
-
‘मेक्सिको खाडी’ अबदेखि हुने भयो ‘अमेरिका खाडी’
-
देशमा इमानदारिताको खडेरी लाग्यो : सुरेश आले मगर
-
विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्छ : सांसद केसी
-
खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग