संसद् बैठक अघि सभामुखले बोलाए प्रमुख सचेतकलाई छलफलमा
बिहीबार, ०३ जेठ २०८१, ११ : ०२

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक अघि दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । संसद् भवन नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन् ।
संसदमा जारी गतिरोध अन्त्यका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकअघि सहमति जुटाउन सभामुखले प्रयास थालेका हुन् । सभामुखले बोलाएको छलफल सुरु हुन लागेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले रातोपाटीलाई जानकारी दिए ।
आज ११ बजेका लागि बैठक बोलाए केही ढिलाइ हुने भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने अडान लिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?
-
कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ
-
सोमबारको संसद् बैठकमा अश्लील नबोलेको प्रेम आलेको दाबी
-
२८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू
-
शिक्षकहरूका जायज माग तत्काल पूरा गर्न माग
-
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला: मेटमणि चौधरी