खगराज भट्टलाई संसदीय दलको नेताभन्दा माथि राख्ने माओवादी संसदीय दलको निर्णय
बिहीबार, ०३ जेठ २०८१, २१ : ००

काठमाडौँ । माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका पूर्वनेता खगराज भट्टलाई संसदीय दलका नेताभन्दा माथि राख्ने निर्णय भएको छ ।
बिहीबार बसेको संसदीय दलको बैठकले भट्टलाई दलको नेताभन्दा माथि राख्ने निर्णय गरेको सांसद रमेश सिंह धामीले जानकारी दिए ।
माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका भट्टलाई माघ १२ गते बहुमत सांसदले हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएका थिए । त्यसयता उनी असन्तुष्ट रहँदै आएका थिए ।
उसो त फागुन १६ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सुदूरपश्चिम इन्चार्जको समेत जिम्मेवारी नदिएपछि उनी थप रुष्ट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने
-
महालक्ष्मीको बार आज कुन राशिलाई कस्तो फल ?
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?