कपिलको शोमा आउँदैछन् एड शीरन

नयाँ दिल्ली । चर्चित बेलायती गायक र संगीतकार एड शीरन कपिल शर्माको शो ‘द ग्रेट इन्डियन कपिल शो’मा आउने भएका छन् । कार्यक्रममा पाहुनाको रूपमा उनी आएकोबारे जानकारी दिने एक प्रोमो सार्वजनिक भएको छ । ‘तपाईं उमेरमा मभन्दा कान्छो हुनुहुन्छ तर अंग्रेजीमा म तपाई भन्दा कान्छो छु’, प्रोमोमा शोका कपिलले एडलाई भन्छन् ।
एडले पनि ‘मैले तपाईको भिडियो हेरेको थिएँ, तपाई शाहरुखको घरमा जानु भएको थियो’ भनेका छन् । यसको उत्तरमा कपिलले ‘शाहरुख खानको दिलवाले दुल्हनिया लेजाएङ्गेको एभरग्रिन डाइलग ‘बडे बडे शहरो मे ऐसी छोटी छोटी बाते होती रहती हैं’ भन्छन् ।
शाहरुख खानसँग गरेका थिए एड शीरनले मस्ती
एड शीरन दुई महिना अघि मुम्बई आएका थिए । त्यसपछि उनी बलिउड सेलिब्रेटीहरूसँग पार्टी गर्दै गरेका देखिएका थिए । शाहरुखले आफ्नो इन्स्टाग्राममा शीरनसँग एउटा भिडियो शेयर गरेका थिए । भिडियोमा शाहरुखले शीरनलाई डीडीएजीको आफ्नो सिग्नेचर पोज सिकाउँछन् । ईडी शीरनको यो दोस्रो भारत भ्रमण थियो ।
उनी यस अघि सन् २०१७ मा भारत आएका थिए । त्यतिबेला उनले मुम्बईमा कन्सर्ट गरेका थिए । ३३ वर्षका एड शीरनको पूरा नाम एडवर्ड क्रिस्टोफर शीरन हो । सन् २०१७ मा आएको उनको गीत शेप अफ यु निकै चर्चित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकहरूबिचको छलफल सकियो
-
एमालेको पथरी शनिश्चरेमा नयाँ नेतृत्व चयन
-
वाणिज्य विभागको अनुगमन जारी, २० वटा उद्योगहरूको कारोबार रोक्का
-
आजपाको केन्द्रीय कमिटी विघटन, प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन
-
थाइल्यान्डमा 'वान टु वान' वार्ताले ल्याउला त सम्बन्धमा सुधार ?
-
माओवादी सचिव शर्मा र चिनियाँ पार्टी स्कुलका कार्यकारी उपाध्यक्षबिच भेटवार्ता, सम्बन्ध बढाउनेबारे छलफल