सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिन माओवादीले लगायो ह्विप
बिहीबार, ०३ जेठ २०८१, १० : ४०

धनगढी । नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । आज बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारी पक्षमा विश्वासको मत दिन ह्विप लगाएको हो ।
यहाँ माओवादी दलको नेताबाट हटाइएका खगराज भट्ट असन्तुष्ट देखिएका छन् । उनलाई फकाउन दलको बैठकले संसदीय दलको नेताबाट भन्दा माथिको वरीयतामा राख्ने निर्णय समेत गरेको संसदीय दलका नेता मानबहादुर धामीले जानकारी दिए ।
यसैबिच सत्ता समीकरणलाई बलियो बनाउन संवाद र छलफल गर्न दुई सदस्यीय कार्यदल पनि गठन गरिएको छ । दलका नेता धामी र पूर्व मन्त्री झपट साउद कार्यदलमा रहेका छन् ।
मुख्यमन्त्री सोडारीलाई आज विश्वासको मतको प्रायोजनको लागि प्रदेश सभाको बैठक बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित