बहसका लागि बाइडेन र ट्रम्प सहमत
बिहीबार, ०३ जेठ २०८१, ०९ : २७

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपतिको बहसका लागि सहमत भएका छन्। बाइडेन र ट्रम्पबिच जुन र सेप्टेम्बरमा दुईवटा राष्ट्रपतिको बहस हुनेछ।
सीएनएनले जर्जिया राज्यमा जुन २७ मा पहिलो बहस आयोजना गर्ने छ भने दोस्रो बहस सेप्टेम्बर १० मा एबीसीमा हुनेछ। बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई दुईवटा बहसको प्रस्ताव राखेका थिए।
ट्रम्पले तुरुन्तै बहसको प्रस्तावलाई स्वीकार गरे। यद्यपि ट्रम्पले दुईको सट्टा तीनवटा बहसको प्रस्ताव राखेका थिए। ट्रम्पले अक्टोबर २ मा फक्स न्यूजमा तेस्रो बहस हुनुपर्ने प्रस्ताव गरेका थिए ।
ट्रम्पले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अमेरिकी नागरिकहरूले राष्ट्रपति पदका उम्मेदवारहरूलाई सुन्ने दुईवटा होइन तीनवटा मौका पाउनु पर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेकाे माग
-
पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा
-
एनआरएनए विवादमा सर्वोच्चको दुई पत्र : शेष घलेलाई कार्यालय बुझाउन निर्देशन (पत्रसहित)
-
माओवादीले भन्यो– रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ
-
मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान