बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

१२ सय मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने जिम्मा पाएको चिनिया कम्पनी बुढीगण्डकी झर्‍यो

मङ्गलबार, ३० जेठ २०७४, १३ : ००
मङ्गलबार, ३० जेठ २०७४

गोरखा – राष्ट्रिय गौरबको आयोजना अन्र्तगत रहको बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुपले आयोजना स्थलको निरिक्षण गरेको छ ।  कम्पनीका कन्ट्री डाइरेक्टर यूआन झेछोनको नेतृत्वमा रहेको प्राविधिक टोलीले सोमबार र मंगलबार निरिक्षण गरेको हो । 


गत जेठ ९ गते मन्त्रीपरिषदको बैठकले १२ सय मेगावाट क्षमताको यो आयोजना निर्माणका लागि चीन सरकारको स्वामित्वमा रहेको कम्पनीलाई दिने निर्णय गरेको थियो । गत जेठ २१ गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थितिमा पूर्वउर्जामन्त्री जनार्दन शर्मा र सीजीजीसीका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।   


कम्पनीको बुढीगण्डकी जलविद्युत आयोजनाको बाँध निर्माणस्थल, प्रभावित स्थलहरुको अवलोकन गरेको छ । आयोजना क्षेत्रहरुको अध्ययन पछि डिपिआर पुनरावलोकन गर्ने र ६ महिनापछि काम शूरु गर्ने लक्ष्य लिएको छ ।  


आयोजना निर्माणको सम्पूर्ण खर्च चिनियाँ कम्पनीले बेहोर्नेछ भने विद्युत उत्पादन भएपछि त्यसैलाई बिक्री गरेर सरकारले ऋण तिर्नेछ । आयोजना निमार्णको जिम्मा पाएको चिनियाँ सरकार मातहतमा रहेको कम्पनी सीजीजीसी रहेको विश्वप्रसिद्ध कम्पनीका रुपमा रहेको छ ।


जलविद्युत आयोजनाका लागि गोरखा र धादिङका साविक २७ गाविसको जग्गा अधिग्रहणको काम भइरहेको छ ।   


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप