शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

अवस्था ठिक नभएका सवारी साधन चलाउने ५३ जना चालक कारबाहीमा

बुधबार, ०२ जेठ २०८१, २० : ५८
बुधबार, ०२ जेठ २०८१

भक्तपुर । भक्तपुरको ठुलोवेशीमा बुधवार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ५३ वटा सवारी साधनका चालकलाई  ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

८० भन्दा बढी सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ५३ वटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

अवस्था ठिक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटनाको सम्भावना रहने र त्यसबाट यात्रु तथा सडक प्रयोगकर्ताको जीवन जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ट्राफिक प्रहरीको टोली भक्तपुरको टुरिस्ट बसपार्क नजिकै ठुलोवेशी क्षेत्रमा आज खटिएको उनको भनाइ छ ।

सवारी साधन मर्मत पश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप