सचिन तेन्दुलकरको घरमा तैनाथ सुरक्षाकर्मीले गरे आत्महत्या
बुधबार, ०२ जेठ २०८१, १९ : ४९

मुम्बई । भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरको घरमा तैनाथ एक सुरक्षाकर्मीले आत्महत्या गरेका छन् ।
‘स्टेट रिजर्भ पुलिस फोर्स’ (एसआरपीएफ) का ४० वर्षीय प्रकाश कापडेले आत्महत्या गरेका हुन् । उनले आफ्नै घरमा सर्भिस रिभल्वरले गोली हानेर आत्महत्या गरेको बताइएको छ ।
उनी सचिन तेन्दुलरको घरमा सुरक्षाकर्मीका रुपमा तैनाथ रहँदै आएका थिए । उनले ८ दिनको बिदामा आफ्नो घर गएको बेला आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रकाशले के कारणले आत्महत्या गरेको हो भन्ने खुल्न नसकेको प्रहरी अधिकारीले जनाएका छन् । उनको शव परीक्षणका लागि पठाइएको छ । प्रहरीले उनको परिवारका सदस्यसँग सोधपुछ गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा