एप्पलले किन्यो फिल्म ‘तेन्जिङ’को विश्वव्यापी अधिकार
काठमाडौँ । पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको सगरमाथा आरोहणबारे निर्माण भएको फिल्म ‘तेन्जिङ’को विश्वव्यापी अधिकार एप्पलले किनेको छ । कान्स फिल्म मार्केटमा एप्पलले फिल्म खरिद सम्झौता गरेको हो ।
विलियम डफोई र टम हिडल्स्टन स्टारर फिल्म ओस्कार विजेता फिल्म ‘द किङ्स स्पिच’को निर्माता कम्पनी सी–स फिल्म्सले गर्दैछ ।
शेर्पा र न्युजिल्याण्डका एड्मण्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । उक्त आरोहणको नेतृत्व तेन्जिङले गरेका थिए । फिल्ममा हिडल्स्टनले हिलारी र डफोईले अंग्रेज आरोहण दलका नेता कर्णेल जोन हन्टको भूमिकामा रहनेछन् ।
मुख्य पात्र तेन्जिङको भूमिकाका लागि अहिले विश्वव्यापी अडिसन चलिरहेको छ । फिल्मको निर्देशन जेनिफर पिडमले गर्न लागेकी हुन् ।
विश्वचर्चित हलिउड फिल्म ‘लायन’का लेखक ल्युक डेभिसको पटकथा रहने फिल्मको कार्यकारी निर्मातामा तेन्जिङका छोरा नोर्बु रहनेछन् । फिल्मको छायांकन सन् २०२५ मा हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्र सुधारका लागि सरकार कटिवद्ध : अर्थमन्त्री पौडेल
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
बराबरीमा टुंगियो मड्रिड डर्बी, एम्बाप्पेले जोगाए रियालको इज्जत
-
अमेरिकी डलरसहित विदेशी मुद्रा कसको मूल्य कति ?
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल