पुनरावलोकनबारे के भन्छ सरकारी पक्ष ?

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालतले सफाइ दिएपछि सरकारी वकिल कार्यालयले भने अहिले कुनै निर्णय नलिने बताएको छ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले हाल फैसलाको राय मात्र सार्वजनिक भएको सार्वजनिक सञ्चार माध्यमबाट सुनेकोले सर्वोच्च जाने बारे यसै भन्न नसक्ने बताए ।
‘उच्च अदालतले सफाइ दिएको सुनेका छौँ । के आधारमा र कसरी सफाइ दियो हामीलाई जानकारी छैन,’ दाहालले भने ‘हाल संक्षिप्त आदेश मात्र गरेको छ । केही समयमा फैसलाको पूर्णपाठ आउँला अनि निर्णय लिइन्छ । ’
फैसलामा अध्ययन गरेर पुनरावलोकन गर्ने निर्णय गरिने उनले बताए । जिल्लाको फैसला बदर भई १० वर्षभन्दा माथि सजाय हुनुपर्ने माग गरेकोमा पूर्ण रूपमा सफाइ दिनुको आधार र कारणहरू आउलान् अनि त्यसपछि महान्यायाधिवक्ता कार्यालयले प्रक्रियासम्मत रूपमा निर्णय लिने उनको दाबी छ।
सन्दीपको मुद्दा सर्वोच्चमा लैजानका लागि उच्च सरकारी वकिलको कार्यालयले टिप्पणी उठाउनुपर्ने छ। त्यसबाट उठेको टिप्पणीका आधारमा महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन गर्नेछ।
सरकारी पक्षले एक तह मात्र पुनरावेदन गरेकाले सर्वोच्चसम्म पुग्न सक्ने देखिन्छ । जिल्लाले दोषी ठहर गरेको र उच्चले सफाइ दिएका कारण यो एक तहमा पुनरावेदन हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान