एमाले संसदीय दल बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल

काठमाडौँ । नेकपा(एमाले) संसदीय दलको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।
बुधवार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको एमाले संसदीय दलको बैठकमा सरकारले मङ्गलवार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल भएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले नीति तथा कार्यक्रमउपर सांसदहरूले दिने सुझावको सम्बन्धमा छलफल भएको बताए । उनले नीति तथा कार्यक्रममा सुझावहरूलाई समेट्दा व्यवस्थित हुने भएकाले सोही विषयमा छलफल भएको बताए । उनले संसदीय दलले कांग्रेसले संसद् अवरोधको शृङ्खलालाई अन्त्य गर्नुपर्नेमा जोड दिएको पनि जानकारी दिए ।
बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको सम्बन्धमा बोलेको उनले जानकारी दिए । त्यसैगरी नीति तथा कार्यक्रमकै सन्दर्भमा पूर्वअर्थमन्त्री युवराज खतिवडाले पनि धारणा राखेको बर्तौलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भू महोत्सव सुरु, मेयर बालेनले गरे उद्घाटन (तस्बिरहरू)
-
माघ मसान्तसम्म १८ करोड बराबरको यार्सागुम्बा निर्यात
-
सडक सुरक्षाका लागि नीतिगत व्यवस्था गर्ने नेपालको प्रतिबद्धता
-
हुम्लामा हरेक दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर
-
जेनेभा प्रस्थान गर्दै परराष्ट्रमन्त्री राणा
-
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा