बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

रुपन्देहीको देवदहमा करेन्ट लागेर एक जनाको मृत्यु

बुधबार, ०२ जेठ २०८१, १५ : ५८
बुधबार, ०२ जेठ २०८१

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा देवदह नगरपालिका ११ रेहेराका ४५ वर्षीय वीरबहादुर गुरुङ रहेका छन् । 

देवदह–१  बिर्तास्थित माँ वैष्णु साबुन फ्याक्ट्रीमा मेसिनको नट खोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको  प्रहरीले जनाएको छ । 

करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको  जिल्ला प्रहरी  कार्यालय रुपन्देहीले जनाएको  छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप