बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

एनसेलद्वारा आकर्षक योजनाको घोषणा, अब ग्राहकले मोबाइलको ब्यालेन्स काटिने समस्या झेल्नु नपर्ने

बुधबार, ०२ जेठ २०८१, १४ : ५१
बुधबार, ०२ जेठ २०८१

काठमाडौँ । एनसेलले फाइभजी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको घोषणा गरेको छ । यससँगै अब ग्राहकहरूले अनावश्यक रूपमा मोबाइलको ब्यालेन्स काटिने समस्या झेल्नु नपर्ने भएको छ । 

'सधैँ अन' नाम दिइएको यो योजनाको मुख्य औचित्य नेपाली ग्राहकहरूलाई आफ्नो ब्यालेन्स खतम हुने डर नगरी डटा सधैँ अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर डोर्‍याउनु भएको कम्पनीले बुधवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

“उपभोक्ताका आवश्यकताहरू परिवर्तन हुँदैछन्, र धेरै मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्ना दैनिक कार्यहरू जस्तै किनमेल, यात्रा, बैंकिङ कारोबार लगायतका कार्यहरु अनलाइनबाटै गर्ने भएकोले उनीहरुलाई 'सधैँ अन' अर्थात अनलाइन बस्न इन्टरनेट धेरै आवश्यक छ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बोर कायुमोभले भने ।

नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुक सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुर्‍याउनु यो योजनाको अवधारणा रहेको उनको भनाइ थियो । 

20240515122319__MG_8682_copy_1600x1067

 'सधैँ अन'मार्फत एनसेल ग्राहकहरूका ब्यालेन्स खतम हुने समस्या समाधान गर्न प्रतिबद्ध रहेको भन्दै एनसेलले ग्राहकहरूका सुझावहरूलाई विशेष ध्यानमा राखेर डेटा प्याकहरूलाई सरल बनाउँदै पाँच दर्जन बढी त्यस्ता डेटा प्याकहरूलाई २० वटामा झारेको छ ।

वास्तवमा यो योजनाको अझ ठुलो उद्देश्य भनेको नेपाली ग्राहकहरूलाई फाइभजीका लागि तयार पार्नु रहेको कम्पनीको भनाइ छ । “फाइभजी ताररहित प्रविधिको भविष्य हो र यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छ भनेर क्रान्तिकारी परिवर्तन गर्नेछ । ६० वटा भन्दा बढी देशहरूमा यो प्रविधि पहिले नै आईसकेको छ । हामी चाहन्छौं भारतपछि नेपाल व्यावसायिक रूपमा फाइभजी सञ्चालनमा ल्याउने दक्षिण एसियाको दोस्रो मुलुक बनोस् । तर त्यसका लागि हामीले एउटा महत्त्वपूर्ण पहिलो कदम चाल्नुपर्छ, र त्यो हो, प्रत्येक नेपालीले आफ्नो मोबाइल फोन उत्पादक रूपमा प्रयोग गर्न थाल्नुपर्छ, यसको मतलब, तपाईंको डेटा 'सधैँ अन’ हुनुपर्छ,” कायुमोभले भने ।

IMG_20240515_134721_copy_1600x1035

'सधैँ अन' मा के छ?

एनसेलको 'सधैँ अन' अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी ३ वटा समूहमा ८ वटा विभिन्न आकर्षक प्लानहरू सञ्चालनमा ल्याएको छ । यसमा ७ दिनको समय सीमा रहेको रु ९८ बाट सुरु हुने प्याक देखि २८ दिन समयावधि रहेको रु १४९९ पर्ने सम्मको विभिन्न प्लानहरू रहेका छन् । हरेक प्लानमा डेटा, अल नेपाल कल टक टाइम र अल नेपाल एसएमएसको बण्डलिङ्ग रहेको छ । यी प्लानहरू ग्राहकलाई विद्यमान शुल्क भन्दा दुई गुणा सस्तो शुल्कमा उपलब्ध हुने कम्पनीको भनाइ छ । यसका साथै 'सधैँ अन सुचारु गर्ने ग्राहकले सामाजिक सञ्जाल प्रयोगको लागि निःशुल्क डेटा पनि प्राप्त गर्दछन्।

 कुनै ग्राहकले रु ९९ को बेसिक प्लान सुचारु गरेमा ग्राहकले २ जीबी डेटा, १ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् भने यो ७ दिनको लागि मान्य रहनेछ । 

IMG_20240515_134646_copy_1600x1067

त्यस्तैगरी रु ४९९ को बेस्ट प्लान सुचारु गर्ने ग्राहकले १२ जीबी डेटा, ५ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४४९ मिनेट अल नेपाल कल टक टाइम र ४४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो २८ दिनको लागि मान्य रहनेछ ।

आफ्नो आवश्यकता अनुसार धेरै डेटा तथा टक टाइम प्रयोग गर्ने ग्राहकका लागि एनसेलले ठुलो भोलुम भएको डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइम रहेको प्लानहरू पनि ल्याएको छ ।

यस प्लान अन्तर्गत रु १४९९ को प्याक सुचारु गर्ने ग्राहकले १०० जीबी डेटा, १५ जीबी निःशुल्क सोसल मिडिया डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइमको सुविधा लिन पाउँछन् । यो प्याक अन्तर्गतको सेवाहरु २८ दिनको लागि मान्य रहन्छ ।

ग्राहकले एष्ट्रिक्स१२३ह्यास डायल गरी सजिलै आफ्नो आवश्यकता अनुसार कुनै पनि 'सधैँ अन' प्लान लिन सक्ने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप