सशस्त्रका दुई एसपीसहित ७ जनालाई विभागीय कारबाही सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको घटनामा ‘सुरक्षा कमजोरी’ देखिएको छानबिन निष्कर्ष छ । सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल नेतृत्वको आन्तरिक समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डे नेतृत्वको समितिले त्यसबारे छानबिन गरेका हुन् ।
छानबिन समितिले दुई जना सशस्त्र प्रहरी उपरीक्षकसहित ७ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । समितिको सिफारिसको आधारमा नम्बर–९ पशुपति बाहिनीमा कार्यरत एसपी अर्जुन खत्री र भण्डार महाशाखाका एसपी राजेन्द्र श्रेष्ठलाई स्पष्टीकरण सोधिएको सशस्त्र प्रहरी बलका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनले भने–‘दुई एसपीसहित ७ जनामाथि विभागीय कारबाही थालिएको छ ।’
आगलागी फैलनुमा ‘सुरक्षा कमजोरी’ भएको छानबिन निष्कर्ष छ । आगलागीको गन्ध र धुवाँ आउनासाथ तत्काल रेस्पोन्स गर्न नसकेको छानबिन समितिको ठहर छ । छानबिनमा संलग्न गृह मन्त्रालयका एक जना अधिकृत भन्छन्– ‘साँचो भण्डार महाशाखामा राखेको र नम्बर–९ पशुपति प्रसाद बाहिनीलाई सुरक्षाको जिम्मेवारी दिएको देखिन्छ ।’
बलम्बुस्थित स्टोरमा आगलागी सुरु भएको थाहा पाउनासाथ समन्वय गरेर ढोका खोल्ने र निभाउन प्रयास गरेको भएमा ठुलो क्षति रोक्न सकिने छानबिन निष्कर्ष छ । छानबिनमा संलग्न अधिकृत भन्छन्– ‘ड्युटीमा बस्नेहरू र भण्डार शाखाको पनि कमजोरी देखिन्छ ।’
यसअघि एआईजी दाहाल नेतृत्वको समितिले भण्डार महाशाखाका ७ जना सुरक्षाकर्मी र नम्बर–९ बाहिनीका ११ जनालाई छानबिनको दायरामा ल्याएको थियो । १८ जनामध्ये त्रुटि देखिएका ७ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
-
१० बजे १० समाचार : माधवलाई झलनाथको ‘काउन्टर’, ग्रे-लिस्टमा परेपछि बहस
-
एकीकृत समाजवादीले बैठकका निर्णय सोमबार सार्वजनिक गर्ने