सरकारको स्थायित्व खोज्न नेतृत्वले आचरण परिवर्तन गर्नुपर्छ : प्रदीप पौडेल
बुधबार, ०२ जेठ २०८१, १२ : ४४

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले सरकारको स्थायित्व खोज्न नेतृत्वले आफ्नो आचरण परिवर्तन गर्नुपर्ने बताएका छन् । अनेरास्ववियुद्वारा आयोजित ‘कसरी सम्भव छ राजनीतिक स्थायित्व’ विद्येयक कार्यक्रममा पौडेलले राजनीतिक अस्थिरताको कारण व्यवस्था नभई नेतृत्व भएको बताएका हुन् ।
‘पछिल्लो समय भएका राजनीतिक अस्थिरताका कारण अहिले व्यवस्थाको कारणले होइन । यो व्यवस्था सबै भन्दा उत्कृष्ट छ । तर, यसको ड्राइभ गर्ने नेतृत्वको स्वार्थका कारण अस्थिरता पैदा भएको छ,’ उनी भन्छन् ।
कहिले गठबन्धन बन्ने र फुट्ने विषय कुनै दार्शनिक चिन्तन मिलेर नभएको उनको भनाइ छ । ‘सबै दलका मुख्य नेतृत्वको सत्ता मोहका कारण यस्तो भएको हो । जबसम्म नेतृत्वको केन्द्रीकृत व्यवहार परिवर्तन हुँदैन तबसम्म राजनीतिक स्थिरता आउँदैन,’ पौडेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी