फोटोफिचर
नेविसंघको प्रदर्शन : गुड मर्निङ केपी बा, चिया खानु भो ?
बुधबार, ०२ जेठ २०८१, ११ : ११

काठमाडौँ । सहकारीको बचत रकम अपचलन र गिरीबन्धु टी–इस्टेटमा भएकाे नीतिगत भ्रष्टाचारमा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) त्रिचन्द्र क्याम्पसले बुधबार बिहान काठमाडौँको घण्टाघर अगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले ‘गुड मर्निङ केपी बा, चिया खानु भो ?, गृहमन्त्रीज्यू सहकारी ठग र गिरीबन्धु ठगलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँचिने गरी हान्नु है’ लेखिएका प्ले कार्ड प्रदर्शन गदै नाराबाजी गरेका छन् ।
सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, ठगी र दुरुपयोग भएको र त्यसमा गृहमन्त्री समेत जोडिदा पनि सरकार गम्भीर नभएको नेविसंघले जनाएको छ ।