बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
बुधबार, ०२ जेठ २०८१, १० : ५१

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढ्दै १ लाख ३८ हजार ४ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्रै बढ्दै १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्धमा बलिदान र मूल्यबोध
-
‘अध्यादेश अलपत्र परेको छैन, सहमतिमै पारित हुन्छ’
-
‘जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश एक मान्दैन, दुई मान्दैन, तीन मान्दैन’
-
स्काउट, रेडक्रसमा राजनीतिकरण हुँदा राम्रो काम गर्न सकेनन् : नेता निधी
-
‘पिलेन उडाउनी’मा नाजिर र स्मारिकाको अभिनय
-
उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु