लुम्बिनी प्रदेशमा ९ महिनामा ६४ जनाको हत्या, अधिकांश घटना चिनजानेका व्यक्तिबाट
बुटवल । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म)मा ६४ जनाको हत्या भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार चालु आर्थिक वर्षमा भएका हत्याका घटनामध्ये अधिकांशमा चिनजानेका व्यक्तिकै संलग्नता पाइएको छ ।
उनले अधिकांश हत्याका घटना योजनाबद्ध रूपमा भन्दा पनि सामान्य विवाद, रिसको झोँकका कारण भएको बताए । लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा १०९ वटा हत्या भएका थिए ।
चालु आर्थिक वर्षको ९ महिनामा ४२ जना पुरुष र २२ जना महिलाको हत्या भएको प्रहरीले जनाएको छ । लुम्बिनीका १२ वटा जिल्लामध्ये सबैभन्दा धेरै दाङ जिल्लामा हत्याको घटना भएको छ । दाङमा १४ जनाको हत्या भएको छ भने सबैभन्दा कम गुल्मीमा १ जनाको मात्रै हत्या भएको छ ।
नवलपरासी जिल्लामा ६ जना, रुपन्देहीमा ९ जना, बाँकेमा ९ जनाको हत्या भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै, कपिलवस्तुमा ४, बर्दियामा ५, पाल्पामा ३, अर्घाखाँचीमा २, प्युठानमा ५, रोल्पामा ३ र रुकुममा २ जनाको हत्या भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा