बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा ९ महिनामा ६४ जनाको हत्या, अधिकांश घटना चिनजानेका व्यक्तिबाट

बुधबार, ०२ जेठ २०८१, १० : २७
बुधबार, ०२ जेठ २०८१

बुटवल । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म)मा ६४ जनाको हत्या भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार चालु आर्थिक वर्षमा भएका हत्याका घटनामध्ये अधिकांशमा चिनजानेका व्यक्तिकै संलग्नता पाइएको छ ।

उनले अधिकांश हत्याका घटना योजनाबद्ध रूपमा भन्दा पनि सामान्य विवाद, रिसको झोँकका कारण भएको बताए । लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा १०९ वटा हत्या भएका थिए ।

चालु आर्थिक वर्षको ९ महिनामा ४२ जना पुरुष र २२ जना महिलाको हत्या भएको प्रहरीले जनाएको छ । लुम्बिनीका १२ वटा जिल्लामध्ये सबैभन्दा धेरै दाङ जिल्लामा हत्याको घटना भएको छ । दाङमा १४ जनाको हत्या भएको छ भने सबैभन्दा कम गुल्मीमा १ जनाको मात्रै हत्या भएको छ ।

नवलपरासी जिल्लामा ६ जना, रुपन्देहीमा ९ जना, बाँकेमा ९ जनाको हत्या भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै, कपिलवस्तुमा ४, बर्दियामा ५, पाल्पामा ३, अर्घाखाँचीमा २, प्युठानमा ५, रोल्पामा ३ र रुकुममा २ जनाको हत्या भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप