सत्तारुढ दलको बैठक बोलाउने प्रधानमन्त्रीको तयारी

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलको बैठक बोलाउने तयारी गरेका छन् । नेपाली कांग्रेसको संसद् अवरोधले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव समेत सांसदबाट पारित नभएपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउँदा प्रधानमन्त्रीले बैठक बोलाएर सहमति खोज्ने बताएका हुन् ।
बुधबार बिहान सभामुख र प्रधानमन्त्रीबिचको कुराकानीका क्रममा प्रधानमन्त्रीले बुधबार आजै बेलुकासम्म सत्तापक्षका नेताहरूको बैठक बोलाएर बिहीबार बस्ने संसद् बैठक खुलाउने गरी निर्णयमा पुग्ने बताएका हुन् । त्यसक्रममा सभामुख घिमिरेले सांसदबाट विधेयकहरू पारित हुन नसकिरहेका बेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
संसद् सुचारु भए केही विधेयकहरू तत्कालै पारित गर्न सकिने अवस्थामा रहेको र केही विधेयकलाई समितिमा पठाउन सकिने सभामुख घिमिरेको भनाइ छ । प्रधानमन्त्रीको सचिवालयले आन्तरिक छलफल भइरहेकाले बेलुकासम्म सत्तारुढ दलको बैठक बस्न सक्ने सम्भावना रहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व शेयर बजार त्रस्त बनेपछि अतिरिक्त भन्सार महसुलप्रति नरम भए ट्रम्प
-
माइक्रोसफ्टले किन बन्द गर्यो सांघाईको एआई ल्याब ?
-
गुजरातमा पटकाको कारखानामा विस्फोट हुँदा सात जनाको मृत्यु
-
बोहराको पार्थिव शरीर हेलिकोप्टरबाट रुपन्देही लगियो
-
नेप्सेको सीईओ : दुई मन्त्रिपरिषद् बैठकमा दुई फरक नियुक्ति
-
नेप्सेका नवनियुक्त सीईओ चापागाईँले बुझे नियुक्ति पत्र