आलाभेसमाथि रियलको गोल वर्षा

मड्रिड । हालै लिग च्याम्पियन बनेको रियल मड्रिडले आफ्नो घरेलु मैदानमा डिपोर्टिभो आलाभेसमाथि गोल वर्षा गरेको छ । मंगलबार राति भएको खेलमा रियल ५–० गोलले विजयी बनेको हो ।
खेलको १० औँ मिनेटमा नै टोनी क्रुसको पासमा जुड बेलिङहमले रियललाई अग्रता दिलाए । लिगमा उनको यो १९ औँ गोल थियो । उनी अब कुनै पनि बेलायती खेलाडीले ला लिगाको एकै सिजनमा सर्वाधिक गोल गर्ने ग्यारी लिनेकरको रेकर्डभन्दा मात्र एक गोलले पछि रहेका छन् । लिनेकरले सन् १९८६-८७ मा बार्सिलोनाका लागि २० गोल गरेका थिए ।
२७ औँ मिनेटमा बेलिङहमको पासमा भिनिसियस जुनियरले टोलीका लागि दोस्रो गोल गरे । पहिलो हाफको अन्त्यमा फेडे भालभर्डेले तेस्रो गोल थपे ।
दोस्रो हाफमा पनि रियलले गोल वर्षा जारी राख्यो । ७० औँ मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गरे भने ८१ औँ मिनेटमा युवा खेलाडी आर्डा गुलेरले अर्को गोल थप्दै टोलीलाई शानदार जित दिलाए ।
अब रियल सन् १९८९-८९ सिजनमा हासिल गरेको ३१ वटा अपराजित खेलको रेकर्डभन्दा मात्र एक खेल टाढा रहेको छ । ३६ खेलबाट टोलीले २९ खेलमा जित, ६ मा बराबरी र १ खेलमा हार बेहोर्दै ९३ अङ्क बटुलेको छ । आलाभेस समान खेलबाट ४२ अङ्क बटुल्दै ११ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा
-
आर्थिक रुपमा विपन्न ज्येष्ठ नागरिकलाई मात्र भत्ता दिनुपर्छः सांसद बोहरा
-
अब्बल प्रदर्शन गर्दै आएको गुजरात र उपाधिको माया मारिसकेको राजस्थानबिच दोस्रो भिडन्त
-
मकवानपुरमा बसको ठक्करबाट एकको मृत्यु
-
गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
-
आज काममा सुरक्षा र स्वास्थ्यका लागि दिवस