नेपालको जितमा कुशल र दीपेन्द्रको अर्धशतक

काठमाडौँ । टी–२० विश्वकपको तयारी गरिरहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा विन्डवार्ड भोल्कानोजमाथि ४ विकेटको जित हासिल गरेको छ । मंगलबार भएको खेलमा भोल्कानोजले प्रस्तुत गरेको १ सय ९७ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको हो ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालको जितमा कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका थिए । भुर्तेलले ४२ बलमा ७१ रन हिर्काए भने ऐरीले २५ बलमा नटआउट रहँदै ५२ रन बनाए । सोमपाल कामीले ३५ रन तथा आशिफ शेखले २६ रनको योगदान दिए । भोल्कानोजका लागि ल्यारी एडवार्डले ३ तथा निकलस रेडहेडले २ विकेट लिए ।
यसअघि कप्तान रोहित पौडेलले ३ तथा ऐरीले १ विकेट लिएपछि भोल्कानोजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो । टोलीका लागि डिलन डगलसले २६ बलमा ५० रन तथा ए अगस्टेले २६ बलमा ४१ रन बनाए ।
नेपालले भोल्कानोजसँग तीन खेल खेल्नेछ । दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबार हुनेछ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संकटमा ‘खतरों का खिलाडी’ र ‘बिग बोस १९’, प्रड्यूसरले छाडे साथ
-
सुरेश रजक हत्याको निष्पक्ष छानबिनको माग गर्दै मौन प्रदर्शन, तस्बिरहरू
-
इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल
-
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट प्रवेजको उम्मेदवारी
-
राजेश हमाल बेलायत जाँदै
-
कोरलामा बढ्यो व्यापारिक चहलपहल