‘फर्की फर्की’ युवापुस्ताको माया र आकर्षणको कथा हो – अनमोल

काठमाडौँ । ‘फर्की फर्की’ यही चैत्र १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । युवापुस्ताका लोकप्रिय अभिनेता अनमोल केसी फिल्म मार्फत दर्शक माझ दुई वर्षपछि देखिँदै छन् ।
प्रेमकथाका फिल्म मार्फत रोमान्टिक हिरोका छवि बनाएका उनी यसपटक रोमान्टिक कमेडी जनरामा देखिएका छन् । हरेक फिल्ममा फरक फरक भूमिका निर्वाह गर्न रुचाउने उनी फिल्म ‘फर्की फर्की’मा भूमिका म्याडीको चरित्रमा छन् । आफ्ना अघिल्ला प्रेम कथानक झैँ नलागोस् भनेर रोमान्टिक कमेडीसँगै ‘टाइम लुप’को कन्सेप्ट फिल्ममा राखिएको अनमोलले बत्ताउँछन् ।
‘हामी कहाँ यस्ता विषयमा फिल्म बनेको छैन । हलिउड र बलिउडमा भने यस्ता विषयमा धेरै फिल्म बनेका छन्’, केसीले भने ‘टाइम लुप’ कथा मार्फत दर्शकलाई केही नयाँ दिन खोजिएको हो ।’ फिल्ममा ‘टाइम लुप’को अलावा युवा पुस्ताको माया र आकर्षणको कथा समेत रहेको उनी सुनाउँछन् ।
‘मैले म्याडी पात्र बारे बुझेपछि निर्देशक सुयोगजीलाई नै पर्दामा उतारेको हुँ । धेरै सिमिलर छ । म भन्दा म्याडी फरक छ । यद्यपि हाम्रो रोमान्टिक कमेडीले सम्बन्धमा भइरहेका गल्ति र त्यसको नतिजासँग जानकार गराउँछ’, अनमोलले भने ।
फिल्ममा उनले अभिनेत्री जसिता गुरुङसँग स्क्रिन शेयर गरेका छन् । अनमोल र जसिताको जोडी पनि फिल्ममा पहिलो हो । फिल्मको सार्वजनिक ट्रेलर तथा गीतसङ्गीतमार्फत यो जोडीले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
फिल्ममा जसिताले ‘मिक्सोलोजिस्ट’को भूमिका निर्वाह गरेकी छिन् । उनी लन्डनबाट नेपाल फर्किएर आफ्नै काम रमाइरहेकी हुन्छिन् । त्यही क्रममा म्याडीको भूमिकामा रहेका अनमोल केसीसँग भेट भएपछि बस्ने प्रेम र त्यसमा आउने उतारचढावलाई फिल्मको कथा हो ।
सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रूपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माता हुन् ।
फिल्ममा अनमोल र जसिताको अलावा रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ । फिल्मको बक्सअफिसमा ओपनिङ राम्रो हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ