जगदम्बा स्टिलमा कार्यरत मजदुरको कार्यक्षेत्रमा मृत्यु
बुधबार, ०२ जेठ २०८१, ०७ : ५३

बारा । बाराको सिमरा स्थित जगदम्बा स्टिलमा कार्यरत मजदुरको ज्यान गएको छ । वीरगन्ज महानगरपालिका वडा नं ३१ का भुलन चौधरीको मंगलबार कार्यक्षेत्रमा ज्यान गएको हो ।
करिब ३ दशकदेखि जगदम्बा स्टिलमा कार्यरत मजदुर चौधरी काम गर्ने क्रममा एक्कासि ढलेपछि उपचारको क्रममा मृत्यु भएको उद्योग प्रशासनले जनाएको छ ।
चौधरीले उद्योगभित्र वर्कसपका काम गर्दै आएका थिए । उनको वीरगन्ज एल.एल न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु जनाइएको छ ।
मृतकका भतिज श्रीराम चौधरीले ब्रेन ह्याम्रेर्जका कारण मृत्यु भएको उद्योग प्रशासनले जनाएको बताएका छन् ।
चौधरीको मृत्युपछि उद्योग प्रशासनले मृतक परिवारलाई १० लाख क्षतिपूर्ति र ५० हजार क्रिया खर्च दिने सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक
-
फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोप
-
१० बजे १० समाचार : वीरगञ्जमा झडपपछि कर्फ्यु, ९ ठाउँमा बाटोविनै पुल