ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
मङ्गलबार, ०१ जेठ २०८१, २३ : २१
काठमाडौँ । तनहुँको ब्यास नगरपालिकामा स्थानीय तह निर्वाचनको पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । मङ्गलवार अदालतले ब्यासमा दुई वर्षअघि सम्पन्न स्थानीय तह निर्वाचनको पुनः मतगणना हुने फैसला गरेको हो ।
सो स्थानीय तहका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा न्यायाधीशद्वय राजन प्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले निवेदकको माग बमोजिम दाबी पुग्ने फैसला गरेको हो ।
२०७९ वैशाख ३० गते सम्पन्न उक्त निर्वाचनमा जोशी कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग झिनो मतान्तरले पराजित भएपछि पुनः मतगणनाको माग लिएर अदालत पुगेका थिए ।
जोशी २०७९ जेठ १२ गते दोहोर्याएर गणना गर्न माग गर्दै अदालतमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध
-
प्रेमीबाट छुटाउन आफन्तबाटै हत्या !
-
मेरो र तेरो गुटको भनेर कसैले पनि भल छोप्ने काम नगर्दा हुन्छ ः हिमाल शर्मा
-
विधेयक पारित गर्न समय तोक्ने मुख्य कुरा होइन : सभामुख घिमिरे
-
नेपाल समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित
-
हमासले तीन इजरायली बन्धकहरूलाई रिहा गरेको बदलामा १८३ प्यालेस्टिनी पनि छुटे