पत्रकार आचारसंहिता जागरणको फरक शैली, उद्घाटनमै गरियो सामूहिक प्रतिबद्धता

भक्तपुर । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता पालनामा सामूहिक प्रतिबद्धता गराउँदै जागरण कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार भक्तपुरको डोलेश्वरमा काउन्सिलद्धारा आयोजित कार्यक्रमको उद्घाटनमै सबै सहभागीले समाचार सम्प्रेषण गर्दा पत्रकार आचार संहिताको पूर्ण पालना गर्ने र गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।
'पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न र गराउन हामी प्रतिबद्ध छौँ', उद्घाटनका क्रममा सहभागी सबै पत्रकारहरूले भने ।
प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुरको समन्वयमा भएको युट्युब, अनलाइनसहित पत्रकारिताका चुनौती र आचारसंहिताका सवाल कार्यक्रममा सहभागी भएका विभिन्न समाचार माध्यमका सम्पादक, पत्रकार तथा सञ्चारकर्मीहरूले यस्तो प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाचार सम्प्रेषण गर्ने नाममा पत्रकारलाई गल्ती गर्ने छुट नभएको बताए । 'पत्रकारलाई गल्ती गर्ने छुट छैन, मानवीय त्रुटिले कहिलेकाहीँ हुने गल्ती तत्काल सच्याउनु पर्छ, सच्याउने तत्परता हुनुपर्छ, गल्ती गरेको छ/छैन, त्यसको अनुगमन र नियमन काउन्सिलले नियमित गरिरहेको छ', अध्यक्ष बस्नेतले भने ।
कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झाले मोबाइलमै युट्युब, अनलाइन मात्रै नभई अहिले टेलिभिजन पनि हेर्न सकिने चर्चा गरे । काउन्सिलले युट्युबसहितका नयाँ मिडियालाई व्यवस्थित ढंगले नियमन गर्दै आएको भन्दै झाले अन्य निकायले पनि यो काममा सहजीकरण गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले छापा माध्यम पनि डिजिटलाइज हुँदै गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘जार’ काे गीत ‘ए ठूली’ मा लाहुरेको प्रेमकथा
-
बढुवा भएका ७५ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुको पदस्थापन
-
रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
-
शिक्षा विधेयक कार्यान्वयनमा माओवादीको आशंका, बर्खे अधिवेशनमा कस्तो छ तयारी ?
-
पुरुषमाथि कुटपिटमा संलग्न चार जना ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
-
सरकारको औचित्यमाथि प्रश्नैप्रश्न : हुकुमी शासनको अभ्यास !